‘उरी’ का गृहमन्त्रीको निधन

काठमाण्डु टुडे २०७५ चैत २७ गते १५:३३ मा प्रकाशित

एजेन्सी – भारतीय चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’मा देखिएका कलाकार नवतेव हुंडलको निधन भएको छ ।

फिल्ममा हुंडलले गृहमन्त्रीको भूमिका निभाएका थिए । हेपाटाइटिस बीबाट लामो समयदेखि पीडित उनको उपचार उपचारको क्रममा सोमबार अस्पतालमा मृत्यु भएको हो ।

हुंडलले उरीको अलावा खलनायक, मेरे सपने, अंगारे, व्हिस्परर जस्ता फिल्महरुमा पनि उनले काम गरिसकेका छन् । त्यसका साथै उनले एक टिभी सिरियल ‘भारत एक खोज’मा पनि काम गरिसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us