राजेश पायल राईको चौथो एल्बम ‘दर्शन नमस्ते ४’ सार्वजनिक

काठमाण्डु टुडे २०७५ चैत २७ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, २७ चैत्र – गायक राजेश पायल राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज सार्वजनिक भएको छ ।

गायक राइले काठमाण्डुमा एक कार्यक्रमको आयोजना गर्दै ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक गरिएको छ । कलाकार भैरवबहादुर थापाले एल्बम सार्वजनिक गरे । यो राइको १९ औं एल्मब हो ।

यो एल्बममा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा छन् । यस्तै एल्बममा मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत छन् । एल्बमका गीतहरुमा शब्द रचना क्रमशः उत्तमजंग लिम्बु, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us