एजेन्सी – बलिउडकी अभिनेत्री दिशा पटानी अहिले आफ्नो डान्स भिडियोका कारण चर्चामा छाएकी छन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् ।
भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् ।
दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् । डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् । यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् ।
तर, यसको आधिकारिक जानकारी भने आइसकेको छैन । दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट डेब्यु गरेकी थिइन् । त्यसो त दिशा र टाइगर श्राफ प्रेमसम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् ।
https://www.instagram.com/p/Bv4W5HRlG5U/