
काठमाण्डु, २७ चैत – फिफा बरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
यसअघि १ सय ६० औं स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लँदै १ सय ५९ औं स्थानमा पुगेको हो ।
नेपालले पछिल्लो समय यमनसँग अन्र्तराष्ट्रिय खेल खेलेको थियो जसमा नेपाल दुई सुन्यले पराजित भएको थियो । अफगानिस्तान भने सार्क राष्ट्रमध्ये सबैभन्दा अघि छ ।
अफगानिस्तान ५ स्थान माथि उक्लँदै १ सय २२ औं स्थानमा पुग्दा भारत १ सय ४५, माल्दिभ्स १ सय ५३, र पाकिस्तान १ सय ६१ औं स्थानमा छन् ।
श्रीलंका १ सय ७३ र भुटान २ सय ७ औं स्थानमा यथावत छन् ।
बरियताको पहिलो स्थानमा स्पेन, दोस्रोमा जर्मनी र तेस्रोमा पोर्चुगल रहेका छन् । अर्जेन्टिना ३ स्थान तलझर्दै छेटौंमा पुग्दा ब्राजिल पनि छैटौं स्थानमा नै उक्लिएको छ ।