बार्सिलोना र म्यानचेष्टर युनाइटेडको हार

काठमाण्डु टुडे २०७० चैत २७ गते २:५१ मा प्रकाशित

barca-footballकाठमाण्डु, २७ चैत –च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोना क्वाटरफईनलबाट बाहिरिएको छ

। एथ्लेटिको मड्रिडसंग १–० गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो भने एथ्लेटिको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिको मड्रिड सन् १९७४ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो भने बार्सिलोना सन् २००७ पछि पहिलो पटक क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि कोकेले पाँचौ मिनेटमै गरेको गोलले टिमलाई जित दिलाएको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा डिफेण्डिङ च्याम्पियन बार्यन म्युनिखले म्यानचेष्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

बार्यनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका इभ्राले ५७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर खेलको ५९ औं मिनेटमा बार्यन म्युनिखका लागि मारियो मान्जुकिजले बराबरी गोल फर्काए ।

६८ औं मिनेटमा थोमस मुलरले गोल गरे भने ७६ औं मिनेटमा रोविनले गोल गरेपपछि बार्यन म्युनिख ३–१ ले विजयी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us