काठमाण्डु, २० चैत्र – हिडन ट्रेजरले आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गरेर प्रशिक्षण सुरु गरेको छ ।
हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट यी प्रतिस्पर्धी छनोट गरेको हो । चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौली प्रत्येकबाट एक प्रतिस्पर्धी छनोट गरेको छ भने पोखरा, भैरहवा, ललिलपुरबाट दुई प्रतिस्पर्धी, साथै काठमाण्डुबाट १२ प्रतिस्पर्धी छनोट गरेको छ ।
देशबाहिरका तीन नेपाली पनि २६ प्रतिस्पर्धीभित्र परेका छन् जसमध्ये एक जना अष्ट्रेलियाकी हुन् भने अमेरिकाबाट दुई प्रतिस्पर्धी छन् ।