डिभोर्सबारे खबर छाप्ने मिडियालाई प्रियंका र निकको यस्तो कारबाही !

काठमाण्डु टुडे २०७५ चैत २० गते १०:५२ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र हलिउड पप गायक निक जोनसको सम्बन्धविच्छेदबारे अहिले अत्यधिक चर्चा पाइन्छ ।

एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबरपछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने भएका छन् ।

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् । यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।

यस्तो थियो सम्बन्धविच्छेदको खबरः

रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us