हावाहुरी पीडितलाई ‘लभ स्टेशन’ ले गर्यो सहयोग

काठमाण्डु टुडे २०७५ चैत १९ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १९ चैत्र – आइतबार राती आएको हुरी बतासका कारण पीडित बनेकाहरुको लागि फिल्म ‘लभ स्टेशन’ले ५० हजार सहयोग गरेको छ । काठमाण्डुमा एक पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ टिमले उक्त सहयोग गरेको हो ।

प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद व्यवस्थापन कोष बारामार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिएका जानकारी कार्यक्रममा दिइयो ।

कार्यक्रममा बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र टिमले दुःख व्यक्त गरेका थिए ।

हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने समेत बताए ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको ‘लभ स्टेशन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us