२३ गते हुने भनिएको कलाकार संघको निर्वाचन स्थगित

काठमाण्डु टुडे २०७५ चैत १९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, १९ चैत्र – नेपाल चलचित्र कलाकार संघको निर्वाचन रोकिएको छ ।

जिल्ला प्रशासन कार्यलयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो । निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए । तर, गैह्र कलाकारलाई सदस्यता दिएको, तोकिएको समय भन्दा पनि पछि सदस्यता दिएको लगायतका बिषयमा उजुरी परेपछि प्रशासनले चुनाव रोक्न आदेश दिएको हो ।

मनोनयन दर्ता गरिसकेकाहरुको मनोनयन फिर्ता गरिएको छ । अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौलाले उम्मेदावरी दिएका थिए । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएपछि संघले खाली रहेको अध्यक्ष पदमा निर्वाचन गराउने तयारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us