विवाह अगावै नायिका एमी जक्सन गर्भवती भएपछि…

काठमाण्डु टुडे २०७५ चैत १८ गते १४:०३ मा प्रकाशित

एजेन्सी – फिल्म २.० बाट चर्चा बटुल्न सफल भएकी बलिउडकी नायिका एमी ज्याक्स गर्भवती भएकी छन् । सामाजिक सञ्जाल इन्टाग्राममा एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए ।

३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् । एमीले फोटो सेयर गर्दै लेखेकी छन्, ‘म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ । म तिमीलाई सबैभन्दा धेरै माया गर्छु । यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ । हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’

यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए । जर्ज र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् । जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पेनियोतोका छोरा हुन् । जर्ज र उनका परिवार हिल्टन, पार्क प्लाजा, डबल ट्रीजस्ता होटलका मालिक हुन् ।

https://www.instagram.com/p/BvqigfhhAi8/

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us