बिवाह भएको ४ महिनामै डिभोर्स गर्दै प्रियंका र निक !

काठमाण्डु टुडे २०७५ चैत १८ गते ११:०९ मा प्रकाशित

एजेन्सी – बिहे भएको तीन महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनस डिभोर्स गर्ने अवस्थामा पुगेका छन् ।

अमेरिकाको ‘ओके’ म्यागजिको रिपोर्टका अनुसार उनीहरु डिभोर्सको प्रक्रियामा अगाडि बढिसकेका छन् । समाचारमा उनीहरुबीच छोटो समयमै एक अर्काप्रति वितृष्णा उत्पन्न भएको र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेको उल्लेख गरिएको छ ।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । उमेरले निक कान्छा भए पनि व्यवहारमा भने प्रियंका केटाकेटी जस्तो भएको र सोही कारण उनीहरुको सम्बन्ध संकटमा परेको रिपोर्टमा दावी गरिएको छ । ‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन् । उनीहरुको वैवाहिक सम्वन्ध एउटा परालको त्यान्द्रोमा अडिएको छ ।’ स्रोतलाई उद्वृत गर्दै समाचारमा जनाइएको छ ।

स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ । ‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’ निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि स्रोत बताउँछ ।

‘परिपक्व ठानेर बुहारी बनाइएकी केटी उत्ताउली निस्किएपछि बाबुआमा असन्तुष्ट छन् । उनले २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाइरहेकी छन्’ समाचारमा उल्लेख छ । उनीहरु अलग हुने क्रममा प्रमुख लफडा सम्पत्तिको विभाजनलाई लिएर उत्पन्न हुनेछ । प्रियंका र निकले क्रिस्चियन तथा हिन्दू दुवै रितिबाट बिहे गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us