यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७५ चैत १८ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, १८ चैत्र – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ ।

यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९४ रुपैयाँ २५ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकले भने केही पैसा तलमाथि गरेर मूल्य ताक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us