थामियो शेयर बजार

काठमाण्डु टुडे २०७५ चैत १७ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १७ चैत – शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो ।

कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ विन्दुले बढेको छ ।

यस्तै होटल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बीमा ५२.९३ विन्दुले घटेको छ ।

स्टकका अनुसार बैंक अफ काठमाण्डुको रु दुई करोड १२ लाख ४३ हजार ५८० बराबरको कारोवार भयो । प्रभु बैंकको रु एक करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको रु एक करोड छ लाख चार हजार ५४१, नागरिक लगानी कोषको रु ९८ लाख एक हजार २८७, एनआइसी एशियाको रु ९७ लाख ६४ हजार ३६५ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

अरुण कावेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका शेयरधनीले २.९७ प्रतिशतले कमाए ।

स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us