काठमाण्डु, १६ चैत्त – विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
शनिबार नेपाल लगानी सम्मेलनमा बोल्दै कर्पोरेसनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले नेपालमा लगानीका लागि चार वर्षको योजना बनाएको बताए ।
आइएफसीले आगामी चार वर्षको लक्ष्य लगानीको योजना बनाएको र एक अर्ब डलर लगानी गर्न सक्ने उनले जानकारी दिए ।
पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको भन्दै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिवद्ध रहनुपर्नेमा जोड दिए ।
ठूला परियोजनाले रोजगार बढाउने भन्दै उनले त्यस्ता परियोजनामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षणसमेत गराए ।