एक दिवसीय क्रिकेट प्रतियोगिता बुधबारदेखि

काठमाण्डु टुडे २०७० चैत २५ गते १०:१९ मा प्रकाशित

cricketकाठमाण्डु, २५ चैत – नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही चैत २६ गतेदेखि वैशाख ८ गतेसम्म पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एक दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नौ क्षेत्रीय र दुई विभागीय टोलीको सहभागिता रहने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत समूह एको खेल पोखरा क्रिकेट मैदानमा तथा समूह बी को खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको समूह ए मा सशस्त्र प्रहरी बल र नेपाली सेनाका विभागीय टोली तथा नेपालका क्षेत्र नं २, ३ र ८ छन् । त्यस्तै समूह बी मा क्षेत्र नं १, ३, ४, ५, ७, ९ रहेका छन् ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख, म्यान अफ दि म्याचलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १५ हजार र उत्कृष्ट बलरलाई ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us