‘भद्रगोल’मा प्रदीप र जसिताको ‘इन्ट्री’

काठमाण्डु टुडे २०७५ चैत १४ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, १४ चैत्र – नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृंखला ‘भद्रगोल’को आगामी श्रृंखलामा ठूलो पर्दाका नायक प्रदीप खड्का तथा नायिका जसिता गुरुङ देखिने भएका छन् ।

प्रदीप र जसिताले आफ्नो चलचित्र ‘लभ स्टेशन’को प्रचारको लागि चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’लाई रोजेका हुन् । टेलिश्रृंखलामा उनीहरुको बिशेष भुमिका रहने श्रृंखला निर्देशन दीपक आचार्यले जानकारी दिए ।

‘भद्रगोल’ टेलिश्रृंखला सबैभन्दा चर्चित कार्यक्रम भएकोले पनि चलचित्रका निर्माता–निर्देशकको रोजाइमा भद्रगोल पर्ने गर्छ । ‘भद्रगोल’मार्फत यसअघि पनि चलचित्र ‘लिलिबिली’, ‘छक्कापञ्जा ३’ लगायतका चलचित्रहरुको प्रचारप्रसार गरिसकिएको छ । उज्वल घिमिरेद्वार निर्देशित चलचित्र ‘लभ स्टेशन’ चैत २२ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us