
काठमाण्डु, २५ चैत –आगामी मे १ देखि ७ सम्म हुने एसिसी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ ।
मलेसियाको क्वालालाम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले यूएईसँग खेल्ने भएको हो । एसियाली क्रिकेट काउन्सिलले टेष्ट मान्यता नपाएका शीर्ष वरियताका टिमबीच पहिलो पटक एसिसी प्रिमियर लिग खेलाउन लागेको हो ।
५० ओभरको प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, मलेसिया, हङकङ, ओमान र यूएई छन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ ।
नेपालले मलेसिया, ओमान, हङकङविरुद्ध खेल्नेछ ।
ट्वान्टी–ट्वान्टी विश्वकपको समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालले ५० ओभरमा पनि आफूलाई प्रमाणित गर्नु पर्नेछ । एक दिवसीय विश्वकपको छनोट खेलमा भने नेपालले बिर्सनलायक प्रदर्शन गरेको थियो ।