निगमले चिनियाँ जहाज खरिद प्रक्रिया खुल्ला

काठमाण्डु टुडे २०७० चैत २५ गते २:२९ मा प्रकाशित

plan Nacकाठमाण्डु, २५ चैत – नेपाल वायु सेवा निगमलाई चिनियाँ जहाज खरिद प्रक्रिया अघि बढाउने कानुनी बाटो खुला भएको छ ।

खरिद प्रक्रिया कानुनविपरीत भएको भनी त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

अव निगमलाई विमान खरिदको कानुनी बाटो खुलेको छ ।

न्यायाधीश कल्याण श्रेष्ठ, र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले सोमवार खरिद प्रक्रिया रोक्न नपर्ने आदेश जारी गरेको हो ।

यसअघि न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्ने बिषयमा दुवै पक्षलाई छलफलपछि अदालतले तत्काललाई खरिद प्रक्रिया रोक्न नपर्ने आदेश जारी गरेको हो ।

नेपाल सरकारलाई चीनले दुईवटा अनुदानमा र चार वटा सहुलियतपूर्ण ऋणमा दिन लागेका जहाजमध्ये ५६ सिट क्षमताको अनुदानको एमए ६० जहाज निगमलाई हस्तान्तरण गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us