श्रीमानबाट टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’– प्रियंका चोपडा

काठमाण्डु टुडे २०७५ चैत १२ गते १६:५५ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफ्नो यौनजिवनको केही सिक्रेट कुराहरुको खुलासा गरेकी छन् ।

उनी आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्नुपर्छ । त्यसकारण श्रीमान् निकसँग निकै कम भेट हुन्छ । यस्तो अवस्थामा उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गरेको बताइन् ।

३६ वर्षे नायिकाले २६ वर्षे श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्ने बताइन् । केहि समय अगाडीमात्रै अमेरिकन गायक निक जोनससँग विवाह सम्पन्न भएको थियो ।

गत बिहिबार एन्डी कोहनको कार्यक्रम ‘वाच ह्वाट ह्यापन’ लाइभमा कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा सेक्सटिङ र फेसटाइम सेक्समा विश्वास गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।

उक्त कार्यक्रममा उनले श्रीमानको रौं खौरन पनि सहयोग गरेको बताइन् । यसबारे उनले स्पष्टिकरण दिँदै भनिन्, ‘उनको टाउको पछाडिको रौं ।’ उनले थपिन्, ‘एकपटक, मात्र एकपटक । उनको टाउको पछाडि मात्र ।’

विवाहमा कसले सबैभन्दा राम्रो उपहार दियो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘सबैभन्दा राम्रो कुरा त के हो भने केभिनले हामीलाई वाइनको सयौं बोतल ल्याइदिए र जोले यस्तो फ्रिज उपहारमा दिए जुन खोल्दा कारजस्तो देखिन्थ्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us