काठमाण्डु, १२ चैत्र – चर्चित नायिका प्रियंका कार्कीले आफ्नी सौतेनी आमाको जन्मदिन मनाएकी छन् । प्रियंकाले सोमबार आफ्नो फेसबुक पेजमा अंगुसँगका विभिन्न तस्बिर पोष्ट गर्दै उनलाई मायाका शब्दले जन्मदिनको शुभकामना दिएकी छन् ।
उनले लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाईं एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो सुन्दर परिवारलाई एक बनायो । एउटा यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबीचको सम्बन्ध मायाले बाँधिएको छ । नुनु, तपाईंलाई जन्मदिनको शुभकामना । मलाई हामीबीचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’
उनीहरुको तस्वीर हेर्दा यस्ताृे लाग्छ कि प्रियंकाको सौतेनी आमा अंगुसँगको सम्बन्ध निकै नै आत्मिय छ । उनले आफ्ना बुवा भुपेन्द्र कार्कीकी कान्छी श्रीमती अंगुसँगका थुप्रै फोटो सामाजिक संजालमा पोष्ट गर्छिन् ।