धुर्मुस–सुन्तली फाउण्डेशनलाई धमला दम्पतिको सहयोग

काठमाण्डु टुडे २०७५ चैत ११ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ११ चैत – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गरेकी छन् ।

नायिकासमेत रहेकी गौतमले आफ्नो जन्म दिनमा फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाख रुपैयाँ सहयोग गरेकी हुन् । गौतमले फाउण्डेशनको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

त्यस्तै धमलाले पनि धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । क्रिकेट रङ्गशाला निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us