माइली साइरस ‘नग्न’ !

काठमाण्डु टुडे २०७५ चैत ११ गते १४:५५ मा प्रकाशित

एजेन्सी – हलिउडकी चर्चित गायिका एवं नायिका माइली साइरस कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् ।

पछिल्लो पटक उनी चर्चामा आउनुको पछाडि उनको एउटा तस्बिर छ जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार सेयर गरेकी छिन् ।

तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले लेखिन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us