आलियाले स्टेजबाटै रणवीरलाई भनिन् ‘आइ लभ यु’

काठमाण्डु टुडे २०७५ चैत ११ गते १२:४३ मा प्रकाशित

एजेन्सी – भर्खरै मात्र सम्पन्न फिल्मफेयर अवार्ड २०१९ मा बलिउडकाचर्चित अभिनेता रणवीर कपूर अभिनेता र अभिनेत्री आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेका छन् । अहिले एक अर्कालाई डेट गरिरहेका आलिया र रणवीर एकसाथ यसरी अवार्ड जित्दा निकै नै खुसी भएका छन् ।

कार्यक्रममा जब आलिया भट्ट उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन स्टेजमा गइन् त्यहाँबाट उनले फिल्मकी निर्देशक मेघना गुल्जारलाई धन्यवाद दिइन् । साथै आलियाले करण जोहर र फिल्म ‘राजी’ का सह–अभिनेता विक्की कौशललाई पनि धन्यवाद दिइन् ।

त्यसपछि अन्त्यमा अगाडि रहेका रणवीर कपूरतर्फ इशारा गर्दै आज सबै कुरा प्रेमको नाममा भन्दै रणवीर कपूरलाई ‘आइ लभ यू’ भनेकी थिइन् । त्यसपछि रणवीर कपूरलाई पनि उत्कृष्ट अभिनेताको अवार्ड लिन स्टेजमा बोलाउँदा रणवीरले आलियालाई अंगालो हाल्दै स्टेजमा गएका थिए ।

रणवीर र आलियाको यो खुशी उनीहरुसम्म मात्रै सीमित छैन । यि दुवैका परिवार पनि त्यतिकै खुसी भएका छन् । यस कुराको पुष्टि अभिनेता रणवीर कपूरकी आमाको इन्स्टाग्रामको पोष्टले गरेको छ । नीतु कपूर छोरा रणवीर कपूर र आफ्नी हुनेवाला बुहारी आलियाले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जित्दा निकै खुसी छिन् ।

नीतू कपूरले फिल्मफेयर अवार्ड कार्यक्रमको स्टेजमा रणवीर र आलियाले अवार्ड लिएर एकसाथ उभिएर खिचेको तस्बिर शेयर गर्दै यि दुबैको जोडीलाई बधाई दिएकी छिन् । नीतू कपूरले क्याप्सनमा लेखेकी छिन् ‘यो पल देखेर सबै तनाव बिर्सिएकी छु । धेरै बधाई, निकै खुसी र गर्व महसुस गरिरहेकी छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us