काठमाण्डु, १० चैत – नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय र निर्देशन गर्दै आएका थिए ।
उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।
मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । सुरुमा निकै लोकप्रिय बनेको उक्त श्रृंखलाबाट पछि केदार अलग भए ।
यसैगरी सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि यसबाट हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धु्र्वेले जिम्मेवारी पाएका थिए ।
यस्तो छ उनीहरुद्वारा जारी विज्ञप्तिः
एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ । तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौं ।
प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ । यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ ।
हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडो भन्दा चाडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ । र सधै यस्तै मायाको अपेक्षा गर्नेछौं ।