
काठमाण्डु, २४ चैत – एसियाली विकास बैंकले मेलम्ची खानेपानी आपूर्ति आयोजना कार्यान्वनका लागि करिब दुई अर्ब ४२ करोड ८५ लाख थप ऋण उपलब्ध गराउन सहमत भएको छ ।
आयोजनाको सुरुङ निर्माण र संस्थागत सुधारमा खर्च गरिने उक्त सहायता आगामी आठ वर्षपछि ०.७५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराइएको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ ।
मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा महाशाखाका सहसचिव मधुकुमार मरासिनी र बैंकका निर्देशक किनिची योकोयामाले सहमतिपत्रमा हस्तक्षर गरे ।
सहसचिव मरासिनीले विसं २०७३ को वैशाखसम्ममा काठमाण्डु उपत्यकाका जनताले मेलम्चीको पानी पिउन पाउने दावी गरेका छन् ।