नेपाली युवकसँग लगनगाँठो कस्दै श्रद्धा कपुर

काठमाण्डु टुडे २०७५ चैत ९ गते ११:२८ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

बलिउडका चर्चित फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको प्रेमसम्बन्ध रहेको रिपोर्ट सार्वजनिक भएको हो । श्रद्धाले रोहनसँग घरजम गर्न लागेको समाचारले बलिउड तातिएको छ । केहि समय अघि बलिउड अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँग श्रद्धाको प्रेमसम्बन्धमा रहेको समाचार पनि सार्वजनिक भएको थियो ।

श्रद्धा बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ । रोहन नेपाली मूलका हुन् । उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए । ३३ बर्षिय अभिनेत्री श्रद्धा र रोहन अर्को वर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारीमा रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

श्रद्धासंग प्रेमसम्बन्धमा रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us