सुशान्त सिंह राजपुतले किन हटाए इन्स्टाग्रामको सबै पोस्ट ?

काठमाण्डु टुडे २०७५ चैत ३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ३ चैत्र – अभिनेता सुशान्त सिंह राजपुतले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस्तो काम गरेका छन् ।

जसका कारण अहिले उनका फ्यानहरु आश्चर्यमा परेका छन् । अभिनेता सुशान्तले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भएका सबै पोष्टहरु डिलिट गरेका छन् ।

सुशान्तले अचानक यस्तो किन गरेका हुन् भन्ने कुराको कुनै जानकारी सार्वजनिक भएको छैन । उनले आफ्नो बायोमा लेखेका छन् ‘अहिलेलाई यहाँ छैन ।’ यसको अर्थ के हो भन्ने कसैले पत्ता लगाउन सकेका छैनन् । उनका समर्थकहरु यसबाट हैरान बनेका छन् ।

सुशान्तले आफ्नो इन्स्टाग्राम पोष्ट डिलिट गरेको यो पहिलो पटक भने होइन । यस अघि पनि उनले यस्तो गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us