सोसल मिडियामा ‘मजाक’ बने सलमान खान

काठमाण्डु टुडे २०७५ चैत २ गते १३:२४ मा प्रकाशित

एजेन्सी – बलिउडका सुपरस्टार सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्ममा एउटा गीत पनि गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ ।

सलमान खानले यसअघि हिरो र रेस–थ्रीका लागि गीत गाइसकेका छन् । फिल्म नोटबुकको जुन गीत सलमानले गाएका छन् त्यो सुरुमा पाकिस्तानी गायक आतिफ असलमको आवाजमा रेकर्ड गरिएको थियो । तर पुलवामा हमलापछि आतिफको गीत फिल्मबाट हटाइएको थियो । अब सलमान आफैंले यो गीत गाएका छन् ।

तर सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरेका छन् । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us