एजेन्सी – केहि समयअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहने यो जोडी फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्व प्रेमिका माइली साइरस हुन् । निक र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो । उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए ।
माइलीले केहि दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् ।
त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले ‘तपाईलाई आफ्नी पूर्व प्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् ।
जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा…‘हबी’ सहि हो । यो फोेटो वास्तवमै हट छ ।’