भोमन कटुवालको निर्देशनमा ‘अघोरी’ बन्दै

काठमाण्डु टुडे २०७५ चैत १ गते १५:०० मा प्रकाशित

काठमाण्डु, १ चैत – नपाली कथानक चलचित्र ‘अघोरी’ को शुभमुहर्त गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा चलचित्रको स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मी शाह लगायत कलाकारले कार्यक्रममा मुहूर्त सट दिएका छन् ।

विलभ्ड इन्टरटेन्मेन्टबाट राधादेवी कटुवालले निर्माण गर्न लागेको चलचित्र एक्सन लभस्टोरी बिषयमा बन्न लागेको निर्देशक भोमन कटुवालले बताए । आजदेखि छायाँकनका लागि फ्लोरमा निस्किएको छ । चलचित्रमा प्रज्वल, शारदाको अलवा मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरवीर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ ।

पञ्चायतकालको परिवेशमा रहेर द्धन्दात्मक प्रेम कथामा चलचित्र बन्न लागेको निर्देशक कटुवालले बताए । चलचित्रको छायांकन ३५ दिनमा सक्यो योजना निर्माण पक्षको रहेको छ ।

चलचित्रको छायांकन काठमाण्डु, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा खिचिने बताइएको छ । पबन गौतमको छायांकन रहेको चलचित्रमा द्वन्द्व रजु किराँतको रहेका छ भने संगीत दिपक शर्मा, ओम सुनार, सरोज कोइराला,सुमन राई, मदन बराइलीको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us