निक जोनसको गीत बिलबोर्डको १ नम्बरमा, प्रियंकाले पाइन् कार उपहार

काठमाण्डु टुडे २०७५ फागुन २९ गते १७:५२ मा प्रकाशित

एजेन्सी – अमेरिकी पप गायक तथा बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस यतिबेला सफलताको शिखरमा छन् ।

निक जोनसले हालै उनका दाजु र भाइहरुसँग मिलेर एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’ रिलिज गरेका थिए । उक्त म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ । यो गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

आफ्नो गीत नम्बर १ मा पर्न सफल भएपछि निक जोनस निकै नै खुशी छन् भने अभिनेत्री प्रियंकाले आफ्नो खुशीे ट्वीटरमार्फत व्यक्त गरेकी छिन् ।

प्रियंकाले ट्वीटमा लेखेकी छिन्, ‘जोनस ब्रदर्सको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । योभन्दा बढी गर्वको कुरा अरु हुन सक्दैन ।’  निक जोनसले पनि एल्बमको सफलताको खुशीमा प्रियंका चोपडालाई निकै नै महंगो कार उपहार स्वरुप दिएका छन् ।

निकले प्रियंका चोपडालाई लगभग १७ करोड रुपैयाँ मूल्य पर्ने मर्सि्डिज कार दिएका हुन् । प्रियंका चोपडाले उक्त कारसँगै पति निक जोनसका साथ तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्, ‘जब पति नम्बर १ बन्न सफल हुन्छन्, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।’

यसरी जोनस ब्रदर्सको म्यूजिक भिडियोले रेकर्ड बनाएको यो दोस्रो पटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us