नरेन्द्र मोदीको जिवनीमा फिल्म बन्ने

काठमाण्डु टुडे २०७५ फागुन २९ गते १५:१५ मा प्रकाशित

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर फिल्म बन्ने भएको छ ।

अक्षय कुमारको फिल्म ‘ओ माइ गड’का निर्देशक उमेश शुक्लाले भारतीय प्रधानमन्त्रीको जीवनीमा आधारित ‘मोदी’ नामको वेब सिरिज बनाउने भएका छन् । यो वेब सिरिज १० भाग सम्मको हुनेछ ।

यो भारतीय प्रधानमन्त्री मोदीको एक प्रकारको बायोपिक हुनेछ जसमा उनी राजनीतिमा आउनुअघि देखि प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइने छ । यस फिल्मको पहिलो पोस्टर पनि जारी भइसकेको छ । यो वेब सिरिज यसै वर्षको अप्रिलदेखि स्ट्रिमिङ हुनेछ ।

यो वेब सिरिज नरेन्द्र मोदीको १२ वर्षको उमेरदेखि शुरू हुनेछ र उनको जीवनका संघर्षहरूलाई देखाइनेछ । जानकारीका अनुसार यस वेब सिरिजमा नरेन्द्र मोदीको भूमिकालाई अलगअलग समयमा अलगअलग कलाकारले निर्वाह गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us