
काठमाण्डु, २३ चैत – ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ‘अनलक्की ’ र सर्वाधिक सफल टोलीका रुपमा चिनिन्छ ।
अनलक्की यस अर्थमा विश्वकपको पाँच संस्करणमध्ये तीन पटक अहिलेसम्म तीन फाइनल खेल्ने श्रीलंका मात्र एक्लो टोली हो ।
दोस्रोमा पाकिस्तान र चौथो संस्करणको उपाधि भिडन्तमा श्रीलंका वेष्टइन्डिजसँग पराजित भएको थियो । यस पटक पनि श्रीलंकाी टोली समक्ष उपाधि जित्ने अर्को अवसर जुरेको छ ।
तर, श्रीलंकाले फाइनलमा उत्कृष्ट फर्ममा रहेको भारतको सामना गर्नुपर्छ । भारत भने सात बर्षपछि उपाधि भिडन्तमा उभिएको हो ।
सन् २००७मा दक्षिण अफ्रिकामा सम्पन्न पहिलो संस्करणमा भारतले उपाधि हात पारेको थियो । त्यसपछि भारत तीन संस्करणको सेमिफाइनलमा पुग्ने सकेन ।
भारतीय टोलीका कप्तान महेन्द्र सिह धोनीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए ।
साथै उपाधि भिडन्तमा दवावरहित खेल्ने बताए ।
हामी पुन एक पटक टी २० विश्वकप फाइनलमा पुगेका छौं विपक्षी श्रीलंकाली टोली बलियो नै मान्नुपर्छ तर हामी आ– आफ्नो स्वाभाविक खेल खेल्छौं धोनीले भनेका छन् ।