साझा यातायात सेवा विस्तारको तयारीमा

काठमाण्डु टुडे २०७० चैत २२ गते ११:२९ मा प्रकाशित

Sajha-Yatayatकाठमाण्डु, २२ चैत । साझा यातायातले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै क्षमता र सेवा विस्तारमा लागेको जनाएको छ ।

साझा यातायात सहकारी संस्थाको आठौँ साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा साझा यातायातका बस थप्ने तयारी भइरहको जानकारी दिइयो ।

आगामी दिनमा साझा बसको सेवा विस्तार गरी विभिन्न जिल्ला सदरमुकाम, सार्क राष्ट्रका विभिन्न सहर र चीनको तिब्बतस्थित ल्हासासम्म पु¥याउने लक्ष्य रहेको साझा यातायातका कार्यकारी अधिकृत पद्मलाल महर्जनले जानकारी दिए ।

विभिन्न वित्तिय संस्था र नगरविकास कोषबाट ऋण लिई २५ वटा बस थपेर सेवा विस्तार गर्ने लक्ष्य लिइएको सञ्चालक समितका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत यातायात सञ्चालन गरेर साझाले सेवा र व्यवसाय दुवै रुपमा अनुकरणीय कार्य गरिरहेको बताए ।

सहकारी संस्था ऐनअनुसार विसं २०१८ फागुन ३ गते स्थापित साझाले बीचमा पटकपटक बन्द र सञ्चालन हुने क्रममा गत वैशाख १ गते १६ वटा नयाँ बस ल्याएर पुनः सेवा पु¥याइरहेको छ ।

साझाले हाल कलङ्कीदेखि त्रिभुवन विमानस्थलसम्म र लगनखेलदेखि नयाँ बसपार्कसम्म दुई रुटमा आठ÷आठ वटा बस सञ्चालन गरिरहेको छ ।

साझामा नेपाल सरकारको ७२ प्रतिशत, विभिन्न सङ्घ÷संस्थाको सात प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us