मिस एण्ड मिष्टर रोट्रयाक्टको अपाधि सलिल र सरिसालाई

काठमाण्डु टुडे २०७५ फागुन २६ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, २६ फागुन – काठमाण्डुमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जितेका छन् । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उनिहरुले उपाधि जितेका हुन् । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरेका थिए ।

मिस रोट्रयाक्ट श्रेष्ठलाई यसअघिकी विजेता सृष्टि शाक्यले ताज पहि¥याएकी थिइन् भने मिस्टर रोट्रयाक्ट शाक्यलाई यसअघिका विजेता सुरेश तिमिल्सिनाले भादगाउँले टोली लगाइदिएका थिए । विजयीसँगै उनिहरुले रु २५ हजार नगद र टर्किस एयरलायन्सको दुईतर्फी टिकट प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ आयुष सुवाल ‘फष्ट रनरअप’ र अभय श्रेष्ठ ‘सेकेन्ड रनरअप’ भए । महिलातर्फ उर्जा नेवाः र माया थापा क्रमशः फष्ट र सेकेन्ड रनरअप भइन् ।

सहभागीलाई प्रमुख निर्णायक चिन्तामणि भट्टराईले ‘यदि यो देशको प्रमुख कार्यकारी हुनुभयो भने देशलाई परिवर्तन गर्न तपाईंले प्रमुख तीन कुरा के गर्नुहुन्छ’ भनेर सोधेको प्रश्नमा निर्णायकको मन जित्दै उनिहरु विजेता बनेका हुन् ।

यसपटक आयोजित दोस्रो प्रतियोगितामा आयुष सुवाल र लुमन्ती मानन्धरले ‘पपुलर अवार्ड’, आशिष खड्का र माया थापाले इन्टेलिजेन्स, निशान महर्जन र उर्जा नेवाःले ‘क्रियटिभ अवार्ड’, सलिलराज शाक्य र सरिसा श्रेष्ठले ‘पर्सनालिटी अवार्ड’ र आशुतोष बडाल र आरजु गैरेले ‘कन्जिनियालिटी अवार्ड’ प्राप्त गरे ।

मुलुकका पाँच मुख्य शहर पोखरा, भैरहवा, चितवन, इटहरी र काठमाण्डु अडिसनबाट छनोट भएका २०० सहभागीबाट उनिहरु प्रतिस्पर्धामा आएका थिए । देशभरि छरिएर बसेका रोटयाक्ट र रोेटरियनलाई समावेश गरिएको प्रतियोगिताका विजेता रोटरी नेपालको साक्षरता अभियानका सद्भावना दूत भई काम गर्ने कार्यक्रम संयोजक पेशल भट्टराईले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us