सुहानाको डान्स बन्यो भाइरल

काठमाण्डु टुडे २०७५ फागुन २५ गते १३:०८ मा प्रकाशित

एजेन्सी – अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन ।

सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन् । पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ ।

उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन् । यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ । जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरिरहेका छन् ।

यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ । जहाँ उनी अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी छन् ।खबरअनुसार उनी छिट्टैनै बलिउड डेब्यु गर्दै्छिन् । तर पिता शाहरुख खान भने यो कुरामा सत्यता नभएको बताउँछन् ।

https://www.instagram.com/p/BunFbAeh4eT/

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us