मिस नेपाल शृंखलाले च्याम्पियन्स लिग हेर्दै भनिन्ः अफर आउँदा विश्वासै लागेन

काठमाण्डु टुडे २०७५ फागुन २३ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, २३ फागुन – मिस नेपाल शृंखला खतिवडाले फ्रान्समा म्यानचेस्टर युनाइटेड र पिएसजीको च्यामिपयन्स लिग प्रतिस्पर्धा हेरेकी छन् ।

नेपाल र फ्रान्सको सद्भावनादूत शृंखला खतिवडालाई नेपालका लागि फ्रान्सेली दूतावासले उक्त खेल हेर्नको लागि प्रस्ताव गरेको थियो ।

च्याम्पियन्स लिगमा म्यान युले ३–१ को जितेको खेल हेर्न पुगेकी शृंखलाले पिएसजीको स्टेडियममा सेल्फी फोटो खिचेर सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

उनले म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बा, युनाइटेडका पूर्व प्रशिक्षक सल एलेक्स फर्गुसन, फ्रेन्च राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडियर डिस्च्याम्प्स, फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजी र स्टार खेलाडी प्याट्रिक इभ्रासँग फोटो खिचेकी छन् ।

शृंखलाले इन्स्टाग्राममा फ्रान्सेली दूतावासलाई धन्यवाद भनेकी छन् । उनले आफ्नो अनुभव शानदार भएको बताउँदै खेल हेर्न अफर आउँदा आफूले विश्वास गर्न नसकेको उनले बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us