‘एनिभर्सरी’मा विश्वप्रकाशले गरे धुर्मुसलाई १६ हजार सहयोग

काठमाण्डु टुडे २०७५ फागुन २३ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २३ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।


श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us