एजेन्सी – साउथ इन्डियन चलचित्रका चर्चित नायक प्रभाषले आफ्नै फ्यानबाट ‘थप्पड’ खाएका छन् ।
चलचित्र ‘बाहुबली’को सफलतासँगै विश्वभर चिनिएका प्रभाषलाई उनकै क्रेज युवती फ्यानले सेल्फि खिच्ने बेलामा उत्साहित हुँदै प्रभाषको गालामा ‘थप्पड’ लगाएकी हुन् ।
प्रभाषको हालैमात्र एक भिडियो सार्वजनिक भएको छ । जहाँ उनलाई फ्यानले भेट्दा खिचिएको भिडियो अहिले भाइरल बनिरहेको छ ।
आफ्नो फ्यानको थप्पडमा प्रभाषले केही प्रतिक्रिया जनाएनन् । गालामा हात लगाउँदै उनी अर्का फ्यानसँग फोटो खिच्नमा व्यस्त बने । प्रभाष अहिले आफ्नो नयाँ चलचित्र ‘साहो’मा व्यस्त छन् ।