आलिया भट्ट सगरमाथा चढ्ने पहिलो भारतीय महिला !

काठमाण्डु टुडे २०७५ फागुन २० गते ११:२२ मा प्रकाशित

एजेन्सी । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् ।

अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् । ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् । यो किताब अहिले आलियाले पढिरहेकी पनि छिन् ।

यो चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् । खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।

आलिया अभिनित चलचित्र ‘गल्ली ब्वाई’ हालै मात्र रिलिज भयो । यस चलचित्रबाट उनको कामको प्रशंसा नै भयो । अहिले आलिया ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छिन् । उनी अभिनित ‘कंलक र सडक २’ रिलिजको तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us