मलाइका अरोडा र अर्जुन कपुरले लगनगाँठो कस्दै

काठमाण्डु टुडे २०७५ फागुन १८ गते १७:२६ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका छन् ।

अहिलेसम्म दुवैले आफूहरु प्रेम सम्बन्धमा भएको जानकारी पनि सार्वजनिक गरेका छैनन् । तर, दुवैबीचको निकटता र रोमान्टिक ट्युनिङ निकै बढेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार दुवैले विवाह गर्ने तयारी थालेका छन् । मलाइका बलिउड सुपरस्टार सलमान खानकी पूर्व भाउजु हुन् ।

सलमानका दाई अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए । विवाह गरेको १८ वर्षपछि सन् २०१६ मा दुवै एक्ला–एक्लै बस्न थाले । सन् २०१७ मा दुवैले सम्बन्ध विच्छेद गरे । उनीहरुको एक छोरा छ ।

डेक्कन क्रोनिकलका अनुसार अर्जुन कपुर र मलाइकाले आगामी महिना विवाह गर्दैछन् । दुवैले क्रिश्चियन परम्परा अनुसार विवाह गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us