काश्मिर हमलाबारे फिल्म बनाउन बलिउडमा होडवाजी !

काठमाण्डु टुडे २०७५ फागुन १८ गते १३:५९ मा प्रकाशित

एजेन्सी – भारत पाकिस्तानबीचको तनाव जारी रहेका बेला बलिउडमा राष्ट्रवादी फिल्मको शीर्षक कब्जा गर्ने होडबाजी नै चलेको छ । पुलवामा हमलापछि भारत र पाकिस्तानबीच तनाव हालसम्म पनि हटेको छैन । यसैक्रममा पछिल्लो दुई–तीन दिनमा ‘इण्डियन मोशन पिक्चर्स प्रोड्यूसर्स एसोसिएशन (एम्पा)’ को कार्यालयमा बलिउडका कयौँ निर्माताहरु फिल्मका शिर्षक दर्ता गराउन पुगेका छन् ।

 

मंगलबार पुलवामा आक्रमणको जिम्मेवारी लिएको जैश–ए–मोहम्मदको तालिम केन्द्र निशाना गरेर भारतले बमबारी गर्यो । यसको लागि भारतीय वायु सेनाको विशेष विमान पाकिस्तानी आकासभित्र प्रवेश गरेका थिए ।

बमबारीमा १००० किलो बम प्रहार गरेर तालिम केन्द्र ध्वस्त पारेको भारतको दावी छ । त्यसको भोलिपल्ट भारतीय वायु सेनाको एक लडाकु विमान पाकिस्तानी भूमीमा दुरघटनाग्रस्त भयो । विमान दुर्घटना हुनु अघि विमानमा सवार पाइलट अभिनन्दन वर्धमान प्यारासुटबाट उम्कन सफल भएका थिए ।

अभिनन्दनलाई केही समयपछि नै पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । तर दुई देशबीच बढीरहेको तनाव कम गर्न पाकिस्तानी प्रधानमन्त्रीले अभिनन्दनलाई भारत फिर्ता गरिदिएका छन् ।

यी घटनाहरुलाई समेटर फिल्म बनाउने विषयमा बलिउडमा होडवाजी सुरु भएको छ । फिल्मको लागि हालसम्म ‘पुलवामा’, ‘बालाकोट’, ‘एयर स्ट्राइक’, ‘अभिनन्दन’जस्ता नामहरु दर्ता गराइसकेका छन् ।

भारतीय मिडिया भास्करका अनुसार हालसम्म इम्पामा २३ ‘शिर्षक’ दर्ता भइसकेको छ । भास्करका अनुसार इम्पाका अध्यक्ष टीपी अग्रवालले यसको पुष्टि गरेका छन् ।

भारतीय वायु सेनाले पाकिस्तान प्रशासित काश्मिरमा जैश–ए–मोहम्मदको तालिम केन्द्रमा बमबारी गरेको खबर आउनासाथ इम्पामा निर्माताहरु र फिल्म निर्माण गर्ने करपोरेट स्टुडियोहरुको दौड सुरु भएको थियो ।

अघिल्लो पटक सन् २०१६मा भारतले पाकिस्तानमा आधार रहेको आतंकवादीहरुको आधारमा गरेको हवाई हमलालाई समेटेको फिल्म ‘उरी’ बनेको थियो । फिल्मले राम्रो कमाई गर्यो । यस फिल्मका निर्माताले ‘एयर स्ट्राइक’ र ‘हाउ इज द जोश’ जस्ता शिर्षक दर्ता गराएका छन् ।

टी–सीरीज क्यासेटको तर्फबाट मात्रै पुलवामा नामसँग मिल्दोजुल्दो लगभग ७ नाम दर्ता भएको छ । टी–सीरिजले शुक्रबार विंग कमाण्डर अभिनन्दन नामबाट पनि एक फिल्म शिर्षक दर्ता गराएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले लेखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us