कार्तिक र सारा एक साथ रोमान्स गर्दै

काठमाण्डु टुडे २०७५ फागुन १८ गते १२:१४ मा प्रकाशित

एजेन्सी – शुक्रबारबाट प्रदर्शनमा आएको ‘लुका छुपी’ सिनेमाका मूख्य अभिनेता कार्तिक आर्यनले आफ्ना प्रिय निर्देशक इम्तियाज अलिको एक सफल सिनेमाको सिक्वलमा काम गर्ने पक्का भएको छ ।

कार्तिकले करिब १० वर्ष अघि रिलिज भएको अलि निर्दे्शित ‘लब आजकल’को सिक्वलमा काम गर्ने भएका हुन् । सो सिनेमामा सैफ अलि खान तथा दिपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेका थिए ।

‘उनी मेरा मनपर्ने निर्देशक हुन् जोसँग म काम गर्न चाहिरहेको थिएँ । मलाई खुशी छ आखिर यसले मूर्त रूप लिदैंछ’ कार्तिकले सिनेमामा काम गर्न लागेको पुष्टि गर्दै भने ।

सिनेमामा उनले सैफकी छोरी सारा अलि खानसँग रोमान्स गर्नेछन् । सिनेमामा रणदिप हुड्डा पनि प्रमूख भूमिकामा देखिनेछन् । स्मरण रहोस, आफ्नो बाबुसँगको एक अन्तरवार्तामा साराले आफू कार्तिकसँग डेट जान इच्छुक रहेको बताएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us