कास्मिर बम ब्लाष्टलाई भारतीय कलाकारले गरे स्वागत

काठमाण्डु टुडे २०७५ फागुन १४ गते ११:५१ मा प्रकाशित

एजेन्सी – भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिरमा गरेको बम आक्रमणको भारतीय कलाकाहरूले स्वागत गरेका छन् ।

मंगलबार बिहान ३ः३० बजे भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब तीन सय आतंककारी मारिएको बताइएको छ ।

उक्त आक्रमणको बलिउड कलाकारहरू अभिनेता अजय देवगण, अभिषेक बच्चन, परेश रावल, मल्लिका शेरावत, विवेक ओवराय, गायक कैलाश खेरलगायतले समर्थन गर्दै स्वागत गरेका हुन् ।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको छ ।

भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेको थियो । मिराज २००० सहितका लडाकु विमानहरू पाकिस्तान अधिनस्थ क्षेत्रमा प्रवेश गरी आतंककारी शिवरमा १००० किलो बम खसालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us