श्रीदेवीले लगाएको सारी लिलामीमा !

काठमाण्डु टुडे २०७५ फागुन १३ गते १२:११ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीको सारी लिलामीमा राखिएको छ । श्रीदेवीको मृत्यु भएको एक वर्षपछि उनका श्रीमान् बोनी कपुरले उनले लगाएका सारी लिलामीमा राखेका हुन् ।

लिलामीबाट प्राप्त हुने रकम भने उनले एक च्यारेटी शोका लागि दान गर्ने भएका छन् । श्रीदेवीले प्रयोग गरेको कोटा सारीलाई पारिसेरा नामब बेवसाइटमार्फत लिलामी गरिने भएका हो ।

सुरुवाती बोली ४० हजार परेको सारीमा अहिलेसम्म सबैभन्दा ठूलो बोली १ करोड २५ लाख परेको छ । श्रीदेवीको गत वर्ष फागुन १२ गते निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us