प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्तामा नियुक्त

काठमाण्डु टुडे २०७५ फागुन १३ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १३ फागुन – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ ।

मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us