काठमाण्डु, १३ फागुन – विश्वको चर्चित ओस्कार अवार्ड अन्तर्गत सवोत्कृष्ट चलचित्रको अवार्ड ‘ग्रिन बुक’ले हात पारेको छ । अहिले जारी अवार्डमा अमेरिकी चलचित्र ‘ग्रिन बुक’लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो ।
२०१८ मा प्रदर्शनमा आएको जीवनीमा आधारित कमेडी–ड्रामा चलत्रिचलाई पिटर फरेल्लीले निर्देशन गरेका हुन् । ‘ग्रिन बुक’ चलचित्र अफ्रिकन–अमेरिकन क्लासिकल पियानोबाधक डन सिर्ले र उनका ड्राइभर तथा बडिगार्ड टोनी भलेलोङ्गाको बास्तविक कथामा आधारित छ ।