एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण सक्रिय राजनीतिमा आउने इच्छा देखाएकी छन् । लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ अवार्ड समारोहमा सम्मानित भएपछि पत्रकारहरुसँग कुरा गर्दै अभिनेत्री दीपिकाले आफू उपयुक्त समयमा राजनीतिमा आउने संकेत गरेकी हुन् ।
राजनीतिमा कहिले आउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्,‘मलाई राजनीतिबारे धेरै जानकारी छैन् । तर अवसर मिल्यो भने म राजनीतिमा आउनेछु। स्वच्छ भारत मन्त्री बन्ने मेरो चाहना छ । मलाई सरसफाइ एकदमै मनपर्छ ।’
भारतीय सञ्चारमाध्यमका अनुसार उनले बाल्यकालको एउटा अनुभव पनि सुनाइन् । ‘जब म सानो थिएँ, तब सबैले बोलाउथें। मलाई लाग्थ्यो कि म धेरै प्रख्यात छुँ । तर पछि मलाई महसुस भयो कि उनीहरु मलाई सरसफाइका लागि मात्रै बोलाउँदा रहेछन् । म जहिले पनि घरमा हुन्छु, तब सफाइ गरिहान्छु ।’