
काठमाण्डु, १८ चैत – प्रदीवजंग पाण्डे नेतृत्वको प्यानलले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिएको हो ।
सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणा, एसोसिएट उपाध्यक्षमा बी.के श्रेष्ठ तथा बस्तुगत संघकोतर्फबाट दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । साथै जिल्ला तथा नगर उद्योग वाणिज्य संघकोतर्फबाट किशोर प्रधानको उम्मेदवारी घोषणा भएको छ ।
एसोसिएटतर्फबाट केन्द्रीय सदस्यहरुमा अशोक कुमार तोडी, अञ्जन श्रेष्ठ, विराट थापा, प्रदिपमान बैद्य, अखिल चापागाईँ, ज्योत्सना श्रेष्ठ, अजय मुडबरी, अनिल केडिया, विप्वलमान सिंह, भरत आचार्य, अशोक टिमानी, कुशप्रसाद मली, झपट बोहरा र बासुदेव गौतमको उम्मेदवारी घोषणा भएको छ ।
अन्य दुई उम्मेदवारको नाम भने पछि तय गरिने सो अवसरमा बताईएको थियो ।
यसैगरी बस्तुगततर्फ केन्द्रीय सदस्यमा उमेशलाल श्रेष्ठ, सकुन्तलाल हिराचन, अनुपबहादुर मल्ल, कमला श्रेष्ठ, राजन शर्मा, सञ्जय गिरी, खेमराज पन्त, रामशरण थपलिया, नवराज शर्मा तिमिल्सिना, रामबहादुर श्रेष्ठ, नरेशवपहादुर मल्लको उम्मेदवारी घोषणा भएको छ ।
यसअघि नै भाष्करराज राजकर्णिकार नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको थियो ।