नक्कली बिहे गरेर अस्ट्रेलिया जानेको कथामा बन्यो यस्तो चलचित्र(भिडियोसहित)

काठमाण्डु टुडे २०७५ फागुन ९ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, ९ फागुन – पछिल्लोसमय नक्कली बिहे गरेर अस्ट्रेलिया जाने नेपालीहरुलाई लक्षित गरे बनाइएको चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाण्डुमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी लगायतका कलाकारलाई स्थान दिइएको छ । अपिल विष्ट सिनेमाका निर्देशक हुन् ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र चैत ८ मा रिलिज हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us